Nepal's First Video FM

विदेशबाट छाेरा आइपुगेपछि नेम्वाङकाे अन्तिम संस्कार गरिने, पार्थिव शरीर दिनभरि पार्टी कार्यालयमा राखिने

171

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिनभरि पार्टी कार्यालयमा राखिने भएको छ ।

हृदयघातबाट निधन भएको नेम्वाङ पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको हो । भोलिमात्रै अन्तिम सं‌स्कार गरिने भएको छ ।उनका दुवै छोरा विदेशमा रहेका र उनीहरू आएपछि मात्रै अन्तिम संस्कार हुने परिवारजनले बताएका छन् ।

नेम्वाङलाई गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयाघातका कारण निधन भएको हो ।

 

You might also like

Comments are closed.