Nepal's First Video FM

प्रवासी संगठनले गरे विदेशमा बेचिएका नेपाली महिलाहरुको उद्धार

2,935

सन्तोष योन्जन तामाङ
चैत २६, रोजगारीको सिलसिलामा विभिन्न देशमा काम गर्न जादा धेरै नेपालिहरुले दुख पाएको र ठगिएको खबर हामी सुन्दै आएका छौ ।

पछिल्लो समय बिशेषगरि नेपाली दिदिबहिनीहरुको बेचबिखनमा परिरहेको छ । काम लगाउने निहुमा सिमित रकम लिएर आफ्नै देशको चेलिहरु बेच्ने दलालहरु भने खुलेयाम घुम्ने गरेको पाइन्छ ।

आफ्नो देशका नागरिक प्रती सरकारले चासो नदेखाए पनि समय समयमा विभिन्न संघ संस्था साथै देश भक्ती नेपालिहरुकै सहयोगि भावनाले गर्दा विभिन्न देशमा बेचिएका ठगिएका दाजुभाइ तथा दिदीबहिनीहरुको उद्धार हुँदै आएको छ ।

यस्तै, विभिन्न समयमा राष्ट्रहितका लागि धेरै सकारात्मक कार्य गरिसकेको नेकपाको प्रवासी संगठन जनप्रगतिशिल मोर्चा मलेसियाले पनि नेपाली चेलिहरुको सफल उद्वार गरेको छ ।

१० महिना अगाडि कुवेतमा वेचिन पुगेकी धनकुमारि दर्नालको नेकपाको प्रवासी संगठन जनप्रगतिशिल मोर्चा मलेसियाको विशेष पहलमा नेपाली राजदुतावास कुवेतको सहयोगमा उदार गरिएको हो । इलाम सुक्रवारे घर भैइ दस महिना अगाडि कुवेत पुगेकी धनकुमारि करिब १० महिनाको अवधिमा ८ ओटा घरमा बेचिएकि थिइन ।

नेकपाको प्रवासी संगठन जनप्रगतिशिल मोर्चा मलेसियाका प्रतिनिधि सन्तोष योन्जन समर्पण भट्टराई तेस्तै रोजगारीको सिलसिलामा कुवेत मै रहेकी मुना ओलिको संयुक्त पहल र कुवेत स्थित नेपाली दूतावासका श्रम सहचारी ज्ञानेन्द्र शर्माको सक्रियतमा जनवरी ९ तारीख पीडित स्थान अर्थात बेचिएको घर बाट उदार गरि दूतावासमा राखिएको थियो ।

अन्य थप १५ जनाको भोलि उदार हुने कुरा पनि उहाहरुले जानकारी दिइएको छ भने चेलिहरु बेच्ने मानव तस्कर दानव राक्षहरुलाई कुनै पनि हालतमा नछाड्ने नेकपाको प्रवासी संगठन जनप्रगतिशिल मोर्चा मलेसियाले बताएको छ ।

त्यस्तैगरी, सन्तोष योन्जनले गत महिना पीडित स्थान देखि सुरक्षीत स्थानमा उद्वार गराएकी कुमारी दर्नाललाइ पनि नेकपाको प्रवासी संगठन जनप्रगतिशिल मोर्चा मलेसियाकै सहयोगमा नेपाल ल्याउदै गरेको जानकारी प्राप्त भएको छ ।

बेरोजगारी को समस्या बढेसङै मानव वेचविखन गर्नेहरु तिव्र रूपमा सक्रिय भएको भन्दै तेस्ता मानव तस्कर हरुलाइ कार्वाही नगरि नछाड्ने समेत नेकपाको प्रवासी संगठन जनप्रगतिशिल मोर्चा मलेसिया जनाएको छ ।

You might also like

Comments are closed.