Nepal's First Video FM

यसकारण जाडोमा सेवन गरौं ड्राइफ्रुट्स

637

तिहारमा ‘भाइ मसला’को रुपमा ड्राइफ्रुट्स सामेल गरिन्छ । तिहार, विशेषगरी असोज, कार्तिक महिनामा पर्ने गर्छ । मौसमी चक्र अनुसार यतिबेला जाडो सुरु भइसकेको हुन्छ ।

चिसोकै कारण रुघाखोकी, ज्वरो, लगायतको विभिन्न समस्या देखिने गर्दछ । त्यस्तै, जीउ, दुख्ने, जीउ सुन्निने, लगायतको समस्या हुने गर्दछ ।

विभिन्न पोषण तत्वयुक्त ड्राइफ्रुट्सको सेवनले शरीरलाई चिसो लाग्नबाट जोगाउँछ । साथै, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

एन्टि एजिङ र भिटामिन बिको स्रोतः काजु

जाडोमा काजु खानु निकै उपयुक्त मानिन्छ । बच्चादेखि बुढासम्मलाई मनपर्ने काजुमा एन्टी एजिङ्ग तत्व, भिटामिन बी लगायतका विभिन्न पोषण तत्व रहेको हुन्छ । जाडो मौसममा दैनिक काजुको सेवन गर्ना अनुहारलाई चाउरी पर्न दिदैन । साथै, अनुहारको छालालाएई ताजा राख्छ । त्यसैले त काजुको लेप बनाएर अनुहारमा समेत लगाउने गरिन्छ ।

त्यस्तै, काजुले शरीरको व्लड कोलेस्ट्रोल तथा व्लड शुगरलाई समेत नियन्त्रित गर्छ । साथै तौल कम गर्न, टाउको दुखेकेा तथा रक्तचापको समस्या कम गर्न समेत काजु उचित मानिन्छ ।

सर्वगुणी, बदाम

बदाम सर्वगुणी मानिन्छ । प्रोपटिनयुक्त बदाममा अनेकौ गणु पाइन्छ । यसमा फ्याटी एसिड हुनुका साथै प्रशस्त मात्रामा फाइबर पाइन्छ । बदामले मुटु स्वस्थ्य राख्न मद्दत गर्नुका साथै यसलाई कपालमा तेलको रुपमा तथा अनुहारमा फेस मास्कको रुपमा समेत लगाउन सकिन्छ ।

खाली पेटमा दैनिक ४ वटा बदामको सेवनले मुटु रोगको आंशका कम गर्छ । साथै, दैनिक रुपमा बदामको सेवनले शरीरको कोलेस्ट्रोल कम गर्नुका साथै मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

त्यतिमात्र होइन, यसले रगतमा हेमोग्लोविनको मात्रा बढाउनुका साथै रक्तसञ्चारलाई नियन्त्रित गर्छ । जाडोमा दैनिक बदाम खानाले रगतमा अल्फा टोकोफेरालको मात्रा बढ्ने गर्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत मिल्छ । जाडोमा महिनामा यसको सेवनले अनुहार चाउरी पर्न दिदैन र छालामा चमक ल्याउँछ ।

ओमेगा ३ फ्याटी एसिडाको लागि ओखर

जाडो मौसममा दैनिक रुपमा ओखर खानाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसले शरीरलाई संक्रमणबाट जोगाउनुका साथै कयौ विमारीहरुबाट शरीरलाई बचाउँछ ।

ओखरमा ओमेगा ३ फैटी एसिड तथा एन्टीअक्सीडेन्ट तत्व हुने भएकोले यसले शरीरको रक्तसञ्चारलाई मजबुत बनाउँछ । साथै, दिमागलाई तेजिलो बनाउन मद्दत गर्छ । यसको दैनिक सेवनले जाडोमा ब्रेन स्ट्रोक हुनबाट शरीरलाई जागाउँछ ।

एन्टिअक्सिडेन्टको स्रोत अन्जिर

ड्राइफ्रुट्समा हुने विभिन्न फलहरुमध्य अंजीर पनि एक हो । जाडोमा दैनिक अंजीरकेा सेवनले शरीरमा क्यान्सर रोगको जोखिम कम हुने गर्छ । यसमा पाइने एन्टीअक्सीडेन्ट तत्वले शरीरमा क्यान्सर रोगको कोषिका बन्नबाट जोगाउँछ ।

You might also like

Comments are closed.