Nepal's First Video FM

डा. शेखर कोइरालाद्वारा महासमितिको बैठक छिटो बोलाउन माग

421

विराटनगर, १८ माघ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महासमितिको बैठक छिटो बोलाउन माग गरेका छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा बिहिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले व्यापक रुपमा विधानमा संशोधन, संघीय संरचनामा कसरी जाने, क्षेत्र र जिल्लाको अधिकारका साथै क्रियाशील सदस्यतालगायत विषयका साथै महाधिवेशनको तिथि तोक्नुपर्ने भएकाले महासमितिको बैठक आवश्यक रहेको स्पष्ट पारे ।

लोक कल्याणकारी विचारले वृद्धभत्ता वितरणको आयु घटाइएको भए पनि राज्यले धान्न ‘सक्ने कि नसक्ने’ विषयमा विचार गरेर घोषणा गर्नुपर्ने भन्दै डा. कोइरालाले यस प्रकारको निर्णयबाट आफुलाई पनि असजिलो महसुस भएको धारणा प्रकट गरे ।

पार्टीको सभापतिको उम्मेदवार हुने विषयमा पत्रकारका प्रश्नमा उनले राजनीति गर्ने व्यक्ति भएकाले इच्छा हुनु स्वाभाविक भए पनि कार्यकर्तासँग गहन छलफल गरेरमात्र बताउन सकिने स्पष्ट पारे । वाम गठबन्धनकै सरकार बन्नुपर्ने उल्लेख गर्दै उनले जनताले नेपाली काँग्रेसलाई प्रतिपक्षमा बस्न जनादेश दिएको बताए ।

You might also like

Comments are closed.