सन्तोष योन्जन तामाङ
चैत २७, नेपाल प्रहरीको नयाँ नेतृत्वका बारेमा मंगलबार सरकारले महत्वपूर्ण निर्णय गर्ने सम्भावना छ । नयाँ आइजिपी नियुक्तिको विषयमा छलफल गरी निर्णय गर्न मन्त्रीपरिषदको बैठक बस्दैछ ।
३० वर्षे सेवा अवधिका कारण अहिलेका आइजिपी प्रकाश अर्यालले अवकार पाउँदै छन् । त्यसकारण डिआईजीबाट सिधैं आईजिपीमा बढुवा गर्नुपर्ने प्रावधान छ । जसमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की चर्चामा छन्।
Comments are closed.