चैत २७, एजेन्सी । भारतको हिमांचल प्रदेश राज्यमा एउटा स्कूल बस दुर्घटनाग्रस्त हुँदा अधिकांश केटाकेटी सहित कम्तीमा २९ जनाको ज्यान गएको बताइएको छ ।
भारतको उत्तरी राज्य हिमांचल प्रदेशमा एउटा स्कूल बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । ज्यान गुमाउनेहरुमध्ये अधिकांश १० वर्ष मुनिका बालबालिकाहरु भएका बताइएको छ ।
काँगडा जिल्लाको नुरपुर सथित वजीर रामसिंह पठनीय मेमोरियल स्कुलका झण्डै ४० जना विद्यार्थीहरु लिएर गैरहेको बस दुर्घटनाग्रस्त भएको थियो ।
एएफपी समाचार संस्थासंग कुरा गर्दै एक स्थानीय प्रहरी अधिकारीले भने-“उक्त स्कूल बस सडकबाट झण्डै २ सय फिट तल गहिरो खोंचमा खस्दा २७ जना विद्यार्थी, दुईजना शिक्षक तथा बस चालकको पनि ज्यान गयो ।”
उद्धारकर्मीहरु घटनास्थलमा पुगिसकेको जनाइएको छ । अधिकारीहरुले सो दुर्घटनाको कारण पत्ता लगाउन आदेश दिएका छन् । भारत संसारमै सबैभन्दा बढी सडक दुर्घटना हुने मुलुकहरुमध्ये एक हो ।
चालकको लापरवाही तथा सडक एवम् सवारी साधन राम्रोसंग मर्मत नगरिंदा अधिकांश दुर्घटनाहरु हुने जानकारहरु बताउँछन् ।
बीबीसीबाट साभार
Comments are closed.