Nepal's First Video FM

दुर्घटनामा ११ जना घाइते, २ को अवस्था गम्भीर

404

चैत २७, पूर्वी चितवनको राप्ती नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार भएको दुई छुट्टाछुट्टै घटना हुँदा ११ जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका– ३ झुरझुरेमा पूर्वतर्फ जाँदै गरेको लु १ ख ८९४६ नं को बसले विपरीत दिशातर्फ आउँदै गरेको ना ५३ प ७८३१ नं को मोटरसाइकललाई बिहान ठक्कर दिएको थियो ।

चालक मकवानपुर, मनहरिका २५ वर्षीय मंगलसिंह तामाङ र सोही ठाउँका मोटरसाइकल पछाडि सवार २० वर्षीय संजोग तामाङ गम्भीर घाइते भएकामा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

सोही ठाउँ नजिकै आज बिहान नारायणगढतर्फ आउँदै गरेको बा ३ ख ७३८६ नं को यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा नौजना घाइते भएका थिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.