Nepal's First Video FM

सरकार अतिवादतर्फ लम्किँदैछ : काँग्रेस नेता कोइराला

713

चैत २७, नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सरकार अतिवादतिर लम्किँदै गरेको आरोप लगएका छन् । नेपाल प्रेस युनियन चितवनले मंगलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने-“थाहा पाउँदा नपाउँदो हिसाबले सबै अधिकार प्रधानमन्त्रीको हातमा गइसक्यो ।”

प्रजातन्त्रमा शक्ति पृथक्कीकरण अति महत्वपूर्ण भएको तर यसलाई समाप्त गर्न न्यायपालिकालाई पनि आफ्नो कब्जामा प्रधानमन्त्रीले लिइसकेको आरोप डा. कोइरालाले लगाए ।

फरक प्रसंगमा उनले काँग्रेले पराजय भोग्नाको एउटा कारण नाकाबन्दीका विषयमा बोल्न नसक्नु भएको बताए । डा. कोइरालाले आउँदो पार्टी अधिवेशनमा पार्टी नेतृत्वमा आफ्नो उम्मेदवारीको विषय नेता कार्यकर्ताको सुझावमा भर पर्ने बताए ।

You might also like

Comments are closed.