चैत २७, मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको पनि मंगलबार ब्रेक थ्रु भएको (छिचोलिएको) छ । ७.५ किलोमिटर लामो अन्तिम सुरुङको सोमबार सिन्धु ग्याल्टुङ खण्डमा ब्रेक थ्रु भएको हो ।
प्राविधिक रुपमा सुरुङ खनेर सोमबार नै सकिएको भए पनि ब्रेक थ्रु को औपचारिक कार्यक्रम भने चैत २९ गते राखिएको छ ।
यो सँगै मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
अब फिनिसिङको काममात्र हुनेछ’ उनले भनिन् । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ ३ खण्डमा विभाजन गरेर सन् २०१० को जुन महिनादेखि खन्न थालिएको थियो ।
दुईवटा खण्डको यसअघि नै ब्रेक थ्रु भइसकेको छ । खानेपानी मन्त्री विना मगरले दशैंअघि नै काठमाडौंका वासिन्दाले मेलम्चीको पानी खान पाउने दावी गरिन् । onlinekhabar
Comments are closed.