Nepal's First Video FM

भरतपुर वडाध्यक्ष अरुण भण्डारीमाथि ढुंगा आक्रमण

407

चैत २७, भरतपुर महानगरपालिका १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि अज्ञात समुहको आक्रमण भएको छ ।

भण्डारी नारायणगढको शहिदचोकस्थित आफ्नो गाडीमा तेल भरेर चढ्न लागेका बेला पछाडिबाट आएको एक समुहले आक्रमण गरेको हो ।

उनलाई आक्रमणकारीले पछाडिबाट ढुंगाले हिर्काएका थिए । उनको टाउकोमा चोट लागेको छ । भण्डारीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको बताइएको छ ।

भण्डारीमाथि आक्रमण गर्ने आक्रमणकारिको खोजी कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.