Nepal's First Video FM

BREAKING NEWS: नेपाल प्रहरी र शसस्त्रको आइजीपीमा दुई खनाल नियुक्त

626

चैत्र ,नेपाल प्रहरी र शसस्त्र प्रहरीको महानिरिक्षकमा दुई खनाल नियुक्त गर्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच दुवै प्रहरीमा बरियतामा अग्र स्थानमा रहेकालाई आइजीपी बनाउने सहमति भएको हो । मंगलबार साँझ बालुवाटारमा बसेको बैठकमा सो सहमति भएको हो । सो सहमतिसँगै नेपाल प्रहरीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलमा शैलेन्द्र खनाल आइजीपी बन्ने पक्का भएको छ । सर्वेन्द्र र शैलेन्द्र दुवै पहिलो नम्बरमा रहेका छन । दाहालसँगको बैठकलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद आकस्मिक बैठक बोलाएका छन् । उक्त निर्णय केहिबेरमा मन्त्रिपरिषदबाट पारित गरि सार्वजनिक गरिने स्रोतले जनाएको छ । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले भोलिबाट अनिवार्य अवकाश पाउँदै छन ।
नेपाल प्रहरीमा आइजीपीका लागि चार डिआइजी प्रमुख दावेदार थिए । जसमध्ये खनाल पहिलो नम्बरमा छन । आइजिपीका लागि ट्रयाक रेकर्डको आधारमा सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की, धिरु बस्न्यात प्रमुख दावेदार देखिएका थिए । यस्तै सशस्त्र प्रहरी बलमा एआइजीद्वय शैलेन्द्र खनालसँगै पुष्पराम केसी दावेदार थिए । tvannapurna

You might also like

Comments are closed.