Nepal's First Video FM

नेपाल मेडीसिटिमा नगदरहीत स्वास्थ्य बीमाको भब्य शूभारम्भ !

619

चैत्र २७, स्वास्थ्य अब नेपालीहरुको पहुंचमा भन्ने नारा सहित नेपालमा पहिलोपटक अस्पताल र बीमा कम्पनी बीच बृहद् सहकार्य भएको छ ।

नेपाल मेडीसिटि अस्पताल र प्रिमियर इन्स्यारेन्सले नेपालीहरुलाई सूलभ स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका सहित नगदरहीत स्वास्थ्य बीमा सेवाको शुभारम्भ गरेको छ ।विश्वका धेरै दशहरुमा स्वास्थ्य बिमाको माध्यमबाट सूलभ स्वास्थ्य सेवा प्रदान गरिरहेको र थोरै दशेहरुमा मात्र नगदरहीत स्वास्थ्य बीमाको सेवा रहेको नेपाल मेडीसिटि अस्पतालका अध्यक्ष डा .उपेन्द्र महतोले बताउनू भयो ।

सामान्यतया स्वास्थ्य बीमामा विरामीहरुले अस्पतालमा रकम भूक्तानी गरी त्यसको भूक्तानीका लागि बीमा कम्पनीहरुलाई पठाउने र बीमा कम्पनीहरुले काटछाट गरी लागेको भन्दा कम रकम भूक्तानी गर्ने प्रायः परिपाटि रहेकोमा नेपाल मेडीसिटिमा विरामीले खरीद गरेको पोलिसी अनूसार नगद भूक्तानी गर्नू नपर्ने गरी सेवा प्रदान गर्ने कार्यक्रमको शूभारम्भ गरेको अध्यक्ष डा. महतोले बताउनू भयो ।

स्वास्थ्य बीमालाई अभियानको रुपमा देशब्यापी बनाउन आफुहरुले नेपाल मेडीसिटि अस्पतालसंग सहकार्य गरेको र यसले नेपालको स्वास्थ्य क्षत्रेमा ठुलो सहयोग पूग्ने प्रिमियर इन्स्यारेन्सका अध्यक्ष सूरेशलाल श्रेष्ठले बताउनु भयो ।

आम नेपालीहरुलाई सर्वसूलभ उपचार गराउने चाहना अनूरुप नेपाल मेडीसिटि अस्पतालले शभूारम्भ गरेको यस नगदरहीत स्वास्थ्य बीमालाई जनस्तर सम्म पुर्याई बढी भन्दा बढी नेपालीहरुलाई यस आयोजनामा समाहित गराउनू पर्ने नेपाल मेडीसिटि अस्पतालमा अस्पताल निर्दशेक डा. सूनिल कूमार शर्माले बताउनू भयो ।

यस स्वास्थ्य विमा अन्तर्गत सम्पूर्ण नेपालीलाई सहज र सूलभ सेवा प्रदान गर्नका निमित्त क्यासलेस सूविधामार्फत अस्पताल र इन्स्यारेन्स कम्पनीले सम्झौतापत्र तयार गरी सोहीअनूरुप कार्य गर्ने याजेना बनाएको छ । जस अन्तर्गत, सेवा लिने ग्राहकले नगदको प्रवाह नगरी सिधै हस्पिटलमा भर्ना भई लिएको सेवाको आधारमा उपचार लिनेछन् ।

वार्षिक १२५० प्रिमियममा ५० हजार सम्मको उपचार सूविधा लगायत वार्षिक २५ हजार प्रिमियममा १० लाख सम्मको उपचार सेवाले उपचार अब सबै नेपालीहरुको पहूंचमा भन्ने नारालाई सार्थक तूल्याएको ,सो अवसरमा जानकारी गराईयो । अब आफ्नो स्वास्थ्य योजना अनूसार स्वास्थ्य बीमा सूविधा लिने अवसर नेपालीहरुलाई प्राप्त भएकोले सबै नेपालीहरु यसबाट लाभान्वित हुने समते सो अवसरमा जानकारी गराईयो ।

नगदरहीत स्वास्थ्य बीमामा आधारित भई एक समारोहका बीच नेपाल मेडीसिटि हस्पिटलक प्रमूख कार्यकारी अधिकृत सूधाकर जयराम र प्रिमियर इन्स्यारेन्सका प्रमूख कार्यकारी अधिकृत सूद्यमुन प्रसाद उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गर्नू भयो ।

विश्वका अधिकांश देशहरुमा स्वास्थ्य बीमा अत्यावश्यक रहेको र यसको अत्याधिक उपयागेलाई मध्यनजर गरी आम जनताहरुले स्वास्थ्यमा ढुक्क भइरहेको र सोहिअनूरुप अब नेपालमा पनि सोको आवश्यक्ता देखिएको हूनाले भविष्यलाई मध्येनजर गरी अस्पताल र बीमा कम्पनीले यो कदम चलेको कार्यकम्रमा जानकारी गराईयो।

You might also like

Comments are closed.