Nepal's First Video FM

कालिका कन्स्ट्रक्सनको केन्द्रीय कार्यालयमा बम विस्फोट

808

कालिका कन्स्ट्रक्सनको केन्द्रीय कार्यालय भरतपुरमा बम विस्फोट भएकाे छ । अाज साँझ अज्ञात समूहले बम विस्फाेट गराएको हाे ।

भरतपुर महानगरपालिका –२ क्षेत्रपुरमा रहेको कार्यालयको कम्पाउन्डमा भएको बम विस्फोटबाट झ्यालका सिसा फुटेका छन् ।

विस्फाेटपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलको निरीक्षण गरेको छ । बम कसले विस्फाेट गराएकाे हाे भन्ने खुल्न नसकेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

एक साताअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालिका कन्स्ट्रक्सनको निर्माण कार्यमा प्रयाेग हुने एउटा उपकरणमा आगजनी गरेका थिए ।

You might also like

Comments are closed.