काठमाडौँ, हृदयाघातका कारण हालै निधन भएका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले बुबाले गर्न बाँकी रहेका काम पूरा गर्न आफूलाई पार्टीले आत्मबल दिने विश्वास व्यक्त गरेका छन् ।
नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटारस्थित निवास पुगेका विष्णु पौडेलसहितका एमाले नेताहरूप्रति आभार प्रकट गर्दै उनले बुबाले मुलुकका लागि धेरै काम गरेको र अझै धेरै काम गर्न बाँकी नै रहेको उल्लेख गरे ।
‘हाम्रो परिवारलाई र नेपाललाई ठूलो क्षति भएको अवस्थामा श्रद्धाञ्जली र आत्मबल प्रदान गर्न आउनुभएकाेमा म र हाम्रो परिवार एकदमै आभारी छौँ’, सुहाङले भने, ‘उहाँ (बुबा सुवास नेम्वाङ)ले गर्नुभएका र अझै गर्नुपर्ने धेरै कामहरूको लागि हजुरहरूले साथ र आत्मबल प्रदान गर्नुहुनेछ ।’
Comments are closed.