Nepal's First Video FM

सर्वेन्द्र खनाल बने नेपाल प्रहरीको २६ औं आईजीपी,के जनताको यस्तो सपना पुरा गर्लान ?पढ्नुहोस

699

काठमाडौं,नेपाल प्रहरीको २६ औं महानिरीक्षक (आईजी)मा डिआईजी सर्वेन्द्र खनाल बढुवा (नियुक्त) भएका छन् ।

मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकले खनलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

खनाल २०४६ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । आफ्नै ब्याजका डिआईजी रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन् ।

गत साउनमा प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक डिआईजीमा बढुवा हुँदा खनाल सबैभन्दा अगाडि (१ नम्बर)मा थिए ।

खनालले कूल ८४.४७ अंक प्राप्त गरेका थिए भने दोस्रो नम्बरमा रहेका डिआईजी रमेश खरेलले ८३.८५ र तेस्राे नम्बरमा रहेका पुष्कर कार्कीले ७८.२३ अंक प्राप्त गरेका थिए ।

खनाल प्रहरी सेवामा रहेर काम गरेका स्थानमा उत्कृष्ट काम गरेको छाप छाड्न सफल प्रहरी अधिकारीमा गनिन्छन् ।

महानगरीय प्रहरी अपराध महाशाखामा हुँदा काठमाडौंको शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न खनालले विशेष भूमिका निर्वाह गरेको मानिन्छ । प्रहरीको मोस्ट वाण्टेडको सूचीमा रहेका गुण्डा नाइके कुमार श्रेष्ठ (घैंटे)को इन्काउन्टर गर्नेदेखि राष्ट्रिय फुटबल टिममा म्याच फिक्सिङको विषयमाथि छानवीन गरेर खनाल चर्चामा आएका थिए ।

ललितपुरको बडिखेलमा १२ वर्ष अगाडि एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डका अभियुक्तहरु पक्राउ गर्न पनि खनालले विशेष भूमिका निभाएको मानिन्छ । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई खनाल नेतृत्वकै टोलीले पक्राउ गरेको थियो ।

पछिल्लो समयमा ट्राफिक प्रहरी महाशाखामा कार्यरत खनालले पशुपति, ठमेल र असन क्षेत्रमा चारपाङ्ग्रे सवारी निषेध गराई उपत्यकाको अवागमन व्यवस्थित बनाउन पनि भूमिका खेलेको मानिन्छ ।

सशस्त्रको आईजीमा शैलेन्द्र खनाल

यस्तै सशस्त्र प्रहरीको महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेन्द्र खनाल बढुवा भएका छन् । मन्त्रिपरिषदको बैठकले खनालाई सशस्त्रको आईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोकान्तरबाट साभार

You might also like

Comments are closed.