Nepal's First Video FM

अदालतमा पुगिन आँखा झिम्काएर चर्चामा आएकी यी नायिका

333

काठमाडौँ– भारतीय अभिनेत्री प्रिया प्रकाश वारियरविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । आँखा झिम्काएर चर्चामा आएकी वारियरलाई कारबाहीको माग गरेर मुद्दा दायर भएको हो ।

इस्लाम धर्ममा आँखा झिम्क्याउनु धर्मविपरित भएको भन्दै प्रियाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको समाचारमा उल्लेख छ ।

उनको भिडियो क्लिप सार्वजनिक भएको केही क्षणमा भारतलगायतका विभिन्न देशमा भाइरल भएको थियो ।

हैइदरावादका दुईवटा पार्टीले उनीविरुद्ध सर्वोच्चमा निवदेन दर्ता गराएका छन् । प्रियाको चर्चाका कारण उनलाई बलिउडमा इन्ट्री दिने चर्चा पनि भएको थियो ।

You might also like

Comments are closed.