Nepal's First Video FM

एउटै कामको तीनजना ठेकदार भएपछि….

547

माघ १९, सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरद्वारा टेण्डर आह्वान गरिएको एकै कामका लागि तीनजना ठेकदार भएपछि मापदण्डको बेवास्ता हुन थालेको स्थानीयले गुनासो गरेका छन् ।

झाँझपुर कटहरिया सडक निर्माणमा कन्काई इन्टरनेशलन निर्माण सेवा र दुुई स्थानीय गरी तीन तहका ठेकदार रहेकाले मापदण्ड तथा गुुणस्तरको वेवास्ता भएको हो ।

झाँझपुर सडकखण्डमा दुुधियाभार देखी ४,४८ किलो मिटर लम्बाई तथा ११ मिटर चौडाई कालोपत्रे निर्माण गर्ने कन्काई ईन्टरनेशनल निर्माण सेवाले टेण्डर लिएको थियो ।

ठेकदार कम्पनी कन्काई ईन्टरनेशलनका सञ्चालक राम प्रसाद मैनालीले काठमाण्डौ बसेर ठेक्का पारे बापतको कमीसन लिई स्थानीय ठेकदार अरबिन्द जयसवाललाई निर्माणको जिम्मा लगाएको स्थानीयको आरोप छ ।

कालोपत्रेको लागि जयसवालले माटो र ग्रेभलको काम आफै गरिरहेका छन भने नाला निर्माणको काम उनले पनि अर्का ठेकेदार अरबिन्द यादवलाई दिएका छन् ।

एउटै काममा तीन ठेकदार लागिपरेको र मापदण्ड तथा स्तरीयतामा ध्यान नदिइएको कटहरिया नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सर्फलाल गुुप्ताले बताए ।

त्यसैगरी उक्त सडकखण्डमा जथाभावी माटो पुरेर कल्भर्ट निर्माण गरेको देखिएको छ । निर्माण भएको कल्भर्टहरुको उचाई बढी रहेकाले सडक संग लेभल नमिलेको वडा अध्यक्ष गुुप्ताले बताए ।

यसो त ठेकदार अरबिन्द जयसवालले मापदण्ड बिपरित कालोपत्रे हुने सडकको दुुबैतर्फ ४देखि ६फिट सम्म गहिरो खाल्डो खनेर बाटोमा माटो पुरेका छन ।
सडक डिविजन कार्यालय चन्द्रनिगाहपुरका अनुुसार कालोपत्रे गर्दा बाटोको कम्तीमा ३ मिटरको फरकमा मात्र खाल्डो बनाउनुु पर्ने हुन्छ ।

ठेक्का लिंदा माटो पुुर्न ठेकदारले अन्यत्र बाट माटो ल्याउने अन्यथा जग्गाधनीको सहमतीमा कम्तीमा तीन मिटर टाढा खाल्डोबाट माटो झिक्नुुपर्ने सम्झौता रहेको सडक डिविजन प्रमुख सुुमन योगशले जानकारी दिए ।

योगेशले झाँझपुल कटहरिया सडकखण्डको निर्माणमा मापदण्ड मिचेर काम भएको भन्दै ठेकेदारलाई झिकाएर सम्झौताअनुसार काम गर्न लगाइने बताए ।

You might also like

Comments are closed.