Nepal's First Video FM

आफ्नो चरित्र हत्या भएको भनेर दुख व्यक्त गर्दै अनमोलले लेखे एस्तो स्टाटस !पढ्नुहोस्

656

नेपाली चलचित्रका सुपरस्टार नायक अनमोल केसीले आफ्नो चरित्र हत्या नगरिदिनुहुन भन्दै अनुरोध गरेका छन् । केहि अनलाइन मिडियामा अनमोलको बिषयमा भ्रामक समाचार प्रकाशन भएपछि उनले फेसबुकमा स्टाटस नै लेख्दै यस्तो अनुरोध गरेका हुन् ।

केहि अनलाइनमा ‘अनमोलले गाउँले भनेका भिकारी हुन्’ भनेको भन्दै भ्रामक समाचार प्रकाशन भएपछि अनमोलले स्टाटस नै लेखेका हुन् ।
आफ्नो बारेमा आएका समाचार र चर्चामा खासै नबोल्ने अनमोलले आफ्ना फ्यान र दर्शकमा भ्रम नपरोस् भनेर स्पष्टिकरण दिएको अनलाइनखबरसँग बताएका छन् ।

अनमोलले भने-‘म आफै पनि अचम्मित छु । म संसारका हरेक मानिसले सुख पाउन् भनेर काम गर्छु । तर, बोल्दै नबोलेका कुरालाई लिएर खबर आउँदा दुख लाग्ने रहेछ ।’

अनमोलले समाचार विकाउने उद्देश्यले यस्ता भ्रामक समाचार लेखेर कसैको चरित्र हत्या नगर्न आग्रह गरेका छन् । उनले, आफूले सबैलाई सम्मान गर्ने समेत स्पष्ट पारेका छन् । अनमोल अहिले चलचित्र ‘क्याप्टेन’को तयारीमा छन् । फुटबल खेलाडीको कथामा बन्ने यो चलचित्रको छायांकन चाडै नै सुरु गर्ने योजना निर्माता भूवन केसीको छ । onlinekhabar

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.