Nepal's First Video FM

डीआईजी खरेललाई कसको कारण बाध्य गराएका रहेछन राजिनामा दिनलाई?पढ्नुहोस

428

२८ चैत, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका छन् ।

सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि असन्तुष्ट खरेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् ।

राजीनामा दिनुअघि अनलाइनखबरसँग कुरा गर्दै खरेलले भनेका थिए, ‘म ह्युमिलेट (अपमानित) भएर काम गर्दिनँ, आज ११ बजे राजीनामा दिन्छु ।’

खरेलले आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो गरे । ‘म आईजीपी बन्ने मिसनअनुसार लागेको थिएँ । तर अब ह्युमिलेट भएर काम गर्न सकिँदैन ।’

उनले मुद्दा मामिला नगर्ने र बाहिरै बसेर प्रहरीलाई सघाउने पनि बताए ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको थियो ।

नवनियुक्त प्रहरी महानिरीक्षक खनालले भने खरेललाई राजीनामा नदिन बरु मिलेर काम गर्न आग्रह गरेका छन् ।
अनलाइन खबरबाट साभार

You might also like

Comments are closed.