नग्न प्रदर्शन गरेर चर्चामा आएकी तेलुगु अभिनेत्रीले कास्टिङ काउचविरुद्धको आफ्नो लडाईंलाई अर्को उचाईमा पुर्याएकी छिन् । उनले तलुगु फिल्म इन्डष्ट्रीका ठूला माछाहरुलाई नंग्याउने चेतावनीका साथ एक प्रख्यात निर्माताका छोरासँगको इन्टिमेट फोटो सार्वजनिक गरेकी छिन् ।‘उनले बलाई आफ्नो स्टुडियोमा बलात्कार गरे,’ अभिनेत्रीको दावी छ । ती निर्माता पुत्रले आफूलाई ठूला निर्माता र निर्देशकहरुसँग भेटाउने प्रलोभन देखाएर बलत्कार गरेको उनी बताउँछिन् ।
‘काम खोजिरहेको अवस्थामा म उनको पछिपछि लागेँ । एक दिन उनले आफ्नो स्टुडियोमा मलाई लगे र बलात्कार गरे,’ अभिनेत्रीले भनिन् । उनका अनुसार यो घटना पाँच वर्ष अगाडिको हो ।
यसअघि उनले एक इन्डियन आइडलका गायकले आफूलाई लगातार पछ्याएर नांगो फोटो पठाउन दवाव दिएको खुलासा गरेकी थिइन् । उनले ती गायकसँग ह्वाट्सएपमा भएको कुराकानीको स्त्रिmनसटहरु पनि सेयर गरेकी छिन्, जसमा गायकले उनलाई फोटो पठाउन आग्रह गरिरहेको देखिन्छ ।
कास्टिङ काउचविरुद्धको यी अभिनेत्रीको लडाईमा फिल्म इन्डष्ट्री विभाजित छ । कानूनी लडाई लड्नुको साटो आफूलाई नंग्याएर अभिनेत्रीले गलत कदम उठाएको धेरैजसोले बताएका छन् । onlinekhabar
Comments are closed, but trackbacks and pingbacks are open.