Nepal's First Video FM

२०७४ साल चैत २९ गते बिहीबार काे राशिफल ।

585

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

पछिका लागि सम्भावना देखिए पनि तत्काल न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोगले उत्साह मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

स्रोतसाधन जुट्नाले मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले चुनौती निम्त्याउला। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। अप्ठ्यारा परिस्थिति सुल्झाउन पनि केही समय जुट्नुपर्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

बेसुरमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। प्रयत्न गर्दा घरेलु समस्या भने सुल्झाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

हिम्मतले काम लिँदा राम्रो फाइदा हुनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले चिताएका काममा सफलता मिल्नेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा मनग्गे लाभ हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेत परे पनि नतिजा कमजोर देखिने समय छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। भैपरी आउने खर्चका कारण त्यति सञ्चय गर्न नसकिएला। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्च बढ्नाले मन पिरोलिन सक्छ। (नेपाली पात्रो)

You might also like

Comments are closed.