माघ १९, बुटवल पावर कम्पनी (बीपीसी)ले ‘संस्थागत सुशासन खुलासा पुरस्कार २०१६’ पाएको छ । दक्षिण एशियाली राष्ट्रका वार्षिक प्रतिवेदनहरूमध्ये कर्पोरेट उत्तरदायित्व तथा सुशासन एवम् वित्तीय पारदर्शिताका लागि कम्पनीले ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड पाएको हो ।
नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाले बुधवार राजधानीमा आयोजना गरेको एक समारोहमा साउथ एशियन फेडरेशन अफ एकाउण्टेण्ट्स (साफा)ले उक्त पुरस्कार दिएको हो । बीपीसीले यो पुरस्कार सन् २००९, १०, १४, १५ र १६ मा गरी ५ पटक प्राप्त गरिसकेको छ ।
Comments are closed.