Nepal's First Video FM

विमान दुर्घटना हुँदा २५७ को मृत्यु

786

चैत २९, अल्जेरियामा भएको सैनिक विमान दुर्घटनामा २५७ जनाको मृत्यु भएको छ । बुधबार राजधानी अल्जियर्स नजिक बोफारिक मिलिट्री एयरपोर्टबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको थियो ।

अधिकारीहरुका अनुसार विमान दुर्घटनामा मृत्यु हुनेहरुमा पोलीसारियो फ्रन्टका समेत छन् । पोलीसारियो फ्रन्ट त्यो विद्रोही संगठन हो मोरक्कोमा स्वतन्त्रताको लडाइँ लडिरहेको छ र उसलाई अल्जेरियाले समर्थन गरेको छ ।

रक्षा मन्त्रालयका अनुसार सेना प्रमुखले दुर्घटनाको कारण पत्ता लगाउन छानबिनको निर्देशन दिइसकेका छन् । चार वर्षअघि पनि अल्जेरियामा सेना र उनीहरुका सदस्य सवार एक विमान दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो ।

अनलाइन खबरबाट

You might also like

Comments are closed.