Nepal's First Video FM

अकस्मात माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिकिस्त बिरामी !बस्न सकेन बैठक

613

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएपछि एमाले – माओवादी पार्टी एकता संयोजनको बुधवार बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रचण्ड स्वास्थ्यमा सामान्य खराबी देखिएपछि बैठक स्थगित भएको हो ।

बुधवार ५ बजेको लागि पार्टी एकता संयोजनको बैठक तय गरिएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र वैशाख ९ गते एकता घोषणा गर्ने तयारीमा रहेका छन् । एमालेले एकताको तयारीका लागि आउँदो वैशाख ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

दूवै कार्यदलले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन आउँदो वैशाख ९ मा एकता गर्न सुझाव दिएका थिए । दुई दलबीच चुनाव चिह्न, जनयुद्ध शब्दावली, पद बाँडफाँडको आधारजस्ता विषय मिलाउन बाँकी छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.