नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्रीको महत्वकांक्षी योजना रेलमार्ग र जलमार्गमाथि जिज्ञासा राख्दै भारत र चीनबीचमा रेलवे बनाउन आवश्यकै नरहेको बताए ।
एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीजले राजधानीको पर्यटन बोर्डमा आयोजना गरेको जलयात्रा वर्तमान र भविष्य विषयक अन्तर्क्रिया कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।
‘हामीले रेलवे बनाउने हामीले पानी जहाज ल्याउने हामीले हवाइ अड्डा बनाउने, बनाउने भन्दै गर्दा केका लागि बनाउनेरु भारत र चीनलाई सामान बेच्छौ भन्छौ। भारत र चीनलाई सामान बेच्न नेपालमा बाटो बनाउनुपर्दैन। यो भ्रममा नहोस’, उनले भने ।
उनले थपे, ‘तपाईको गाउँमा सामान लिएर आएका ट्रक फिर्ता जाँदा भरी गयो भनेमात्र विकास हो। नेपालमा आउने रेललाई हामी भरेर पठाउन सक्छौ कि सक्दैनौ रु’ दुई देशबीच अर्बौको व्यापार भइरहेको बेला रेलवे र जलमार्ग काम लाग्ने कुरो नभएकोसमेत उनले बताए।
Comments are closed.