Nepal's First Video FM

सडकमा कपडा उतारेर नाङ्गै प्रदर्शन गरिन यी नायिकाले ! पढ्नुहोस

527

मुम्बई । तेलुगु नायिका श्री रेड्डीले हालै कास्टिङ काउचको विरुद्ध सडकमा कपडा उतारेर प्रदर्शन गरिन् । उनले अश्लिलता फैलाएको आरोपमा प्रहरीले एफआइआर दर्ता गरेको छ ।

एक वेवसाइटमा अन्तर्वार्ता दिँदै श्रीले एक फिल्म निर्माताको छोराले आफुलाई स्टुडियोमा जर्बजस्ती यौन सम्पर्क गरेको आरोप लगाएकी थिइन् । उनले केही तस्वीर सार्वजनिक समेत गरेकी छिन् । उनले निर्माता सुरेश बाबुका छोरा अभिराम दग्गुबतीले जर्बजस्ती यौन सम्पर्क गरेको आरोप लगाएका छन् ।श्रीको भनाई अनुसार अभिराम तेलुगु फिल्म उद्योगका निर्माता सुरेश बाबुका छोरा हुन् भने राणा दग्गुबतीको भाई । राणाले चलचित्र ‘बाहुबली’ मा भल्लालदेवको भुमिका निर्वाह गरेका थिए ।

श्रीका अनुसार अभिरामलाई उनले स्टुडियोमा बोलाएका थिए । उनी कामका लागि कुरा गर्न भन्दै स्टुडियोमा गइन् । त्यही अभिरामले जर्वजस्ती यौन सम्पर्क गरे । श्रीको भनाई अनुसार उक्त स्टुडियोलाई निर्माताहरुले केवल हिरोइनसँग यौनसम्पर्क गर्ने स्थल बनाएका छन् । ‘स्टुडियोमा कहिल्यै प्रहरीले छापा मार्दैन, त्यसकारण धेरै निर्माताको यौनकर्म यहि स्टुडियोमा हुन्छ,’ श्रीले भनिन् । ONLINEKHABAR

You might also like

Comments are closed.