Nepal's First Video FM

के सन्धी सम्झौता पुनरावलोकन होला त ? पढ्नुहोस

597

काठमाडौँ । सन्धी सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित नेपाल–भारत प्रबुद्ध समूह इपीजीको बैठक आज सकिदैछ । हिजोबाट नयाँ दिल्लीमा सुरु भएको आठौं बैठकले प्रतिवेदन मस्यौदालाई अन्तिम रुप दिने भएको छ ।

आज सम्पन्न हुने बैठकबाट १९५० को सन्धि, नेपाल–भारत सीमा व्यवस्थापन, व्यापार, जलस्रोतसम्बन्धी सहकार्यलगायत सबै विषयमा सहमति जुटाउने कोसिस भएको छ । इपिजीले सदस्यहरूको सानो टिम बनाएर अहिलेसम्म तयार प्रारम्भिक प्रतिवेदन टुंग्याउने जिम्मा दिँदै छ ।

दुबै देशका प्रतिनिधिले छलफल सकारात्मक रुपमा अघि बढेको बताएका छन् । बैठकमा १९५० को सन्धि पुनरावलोकन तथा सीमा व्यवस्थापनको मुद्दा टुंग्याउने गरी नेपालले राखेको प्रस्तावमा भारतीय पक्षले सहमति जनाएको छ । बैठकमा नेपालबाट भेषबहादुर थापा, नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई तथा भारतबाट भगतसिंह कोस्यारी, जयन्त प्रसाद, महेन्द्र पी लामा र बिसी उप्रेती सहभागी छन् ।

You might also like

Comments are closed.