चर्चित भरतीय कमेडीयन कपिल शर्माले भर्खरै ल्याएको नयाँ टेलिभिजन शो ‘फेमिली टाइम विथ कपिल’ हो। उक्त शो गत २५ मार्चमा सोनी टिभीमा सुरु भएको थियो ।
सोनी टिभीले कपिलको शो प्रशारण गरेन । सूत्रका अनुसार कपिल एकदम चुपचाप छन् । उनको फोन पनि प्राय ‘नट रिचेबल’ हुने गरेको छ । अघिल्लो साता आफ्नो बर्थ डेमा पनि कपिलको फोन पूर्णरुपमा बन्द थियो ।
कपिललाई लिएर आजकल उनका साथिहरु लगातार आ – आफ्नो रायहरु दिइरहेका छन् । उनको शोमा अहम भूमिका निभाएकी सुगंधा मिश्रा र चर्चित कमेडियन भारती सिंहले बोलेका छन् । कपिललाई राम्रोसंग चिनेको भन्दै सुगंधा मिश्राले कपिलको राज खोलेकी छन् ।
कपिल कलेजमा उनको सिनियर रहेको पनि बताइन । यस्तो सम्मकि सुगंधालाई मुंबई पठाउन समेत कपिलले उनको परिवारलाई कभिंस गरेको एक भारतीय मिडियालाई बताइन। कपिल सहयोग गर्ने व्यक्ति रहेको उनि भन्छिन् ।अहिले कपिल गलत मान्छेबाट दिनदिनै कम्जोर हुदै गएको र पहिलेको जस्तो कपिल नरहेको र फिल्म फिरंगीका काम सुरु गरेपछि उनमा परिवर्तन आएको उनले बताईन।
भारती सिंह कपिलको यस्तो हालतले एकदम नराम्रोसंग मन दुखेको र रुन आएको बताउछिन् । सबैलाई हसाउने व्यक्ति कपिल लाई यस्तो डिप्रेसनको हालतमा हुँदा उनलाई बाहिर ल्याउन सबैले सहयोग गर्नुपर्ने जनाइन् ।
Comments are closed.