Nepal's First Video FM

एनएमबी बैकको बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक, टिकट काट्दा १०% छुटदेखि भाडासम्म फिर्ता

17

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्घ भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । यो कार्ड सेवाले  ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्घ एयरले लिएको छ ।

को–ब्रान्डेड डेबिट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यका भित्र रहेका बुद्घ एयरका तीन काउन्टरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन्। एनएमबि बुद्घ भिसा डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई शत प्रतिशत भाडा फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधासमेत यस कार्डका प्रयोगकर्ताहरुलाई प्रदान गरिएको छ ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १४६ एटीएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

You might also like

Comments are closed.