काठमाडौँ. सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूबीच वार्ता सुरु भएको छ । यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरू वार्तामा बसेका थिएनन् ।
आज बिहानदेखि जारी वार्तामा सरकारका तर्फबाट उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी सहभागी छन् ।
शिक्षकहरूका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।
विद्यालय शिक्ष विधेयकका केही प्रावधानहरूलाई लिएर देशभरका शिक्षकहरू आन्दोलन गर्न काठमाडौं आएका छन् । उनीहरूले हिजो प्रदर्शन गरेका थिए ।
Comments are closed.