Nepal's First Video FM

राजेश हमाल र डोनाल्ड ट्रम्प सँग माफी माग्दै ‘जय भोले’को निर्माण पक्ष ! किन मागे माफी ? भिडीयो सहित

616

चलचित्र ‘जय भोले’को टिजर सार्वजनिक भएको छ । आउँदो बर्षको दशैको फूलपातिमा रिलिज हुन लागेको चलचित्र ‘जय भोले’ चलचित्रको टिजरको सुरुवातमै महानायक राजेश हमाल र उनकी पत्नी मधु भट्टराइ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमति, बलिउड नायक सैफअली खान र नायिका करिना कपुर,सँग माफी मागिएको छ ।

आखिर, यी ३ विवाहित चर्चित मानिसहरुसँग किन माफी मागियो होला भन्ने कुराले दर्शकमा कौतुहलता पैदा गर्छ ।

अशोक शर्माले निर्देशन गरेको चलचित्र ‘जय भोले’को टिजरमा चलचित्रका मुख्य कलाकारहरू खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराज पौडेल छन् । टिजरमा कलाकारलाई निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । यो चलचित्रले दुई केटा साथीको भावानात्मक मित्रता र प्रेमको कथालाई उठान गरेको छ ।

चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायाङ्कन, राजनराज सिवाकोटीरकल्याण सिंहको सङ्गीत, राज ढुंगानाको सम्पादन, वसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.