नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकतामा झन् शंका उत्पन्न हुन थालेको छ । दुई दलका नेताहरुको भनाई सुन्ने हो भने तोकीएकै समयमा पार्टी एकता नहुने संकेत बढि देखिएको छ ।
दुई दलको पार्टी एकता संयोजन समितिको बैठक बोलाइए पनि अझै बस्न सकेको छैन । मंगलबार नै बस्ने भनिएको बैठक बिहीबारसम्म पनि बस्न सकेन । यद्यपि आज बैठक बस्ने बताइएपनि नेताहरुको व्यवस्तता भन्दै बैठक अन्तिम समयमा स्थगित भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अस्वस्थ्य भएका कारण बैठक बस्न नसकेको बताइएको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले समेत शीर्ष बैठक बसेर विवाद समाधान गर्ने जानकारी दिइन् । एमाले–माओवादी एकतामा शव्द र सहभागीताको विषयमा सहमति जुट्न सकेको छैन ।
Comments are closed.