Nepal's First Video FM

संचार मन्त्रालयले गर्यो एस्तो खुलासा ! के अब साच्चै बन्द हुदै छ फेसबुक ? पढ्नुहोस

542

३० चैत, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आउने फेक न्यूज धेरैका लागि टाउको दुखाइको विषय बनेको छ ।

फेक न्यूजदेखि डाटाको दुरुपयोगलाई लिएर फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि माफी माग्दै हिँड्नु परेको छ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय भने फेसबुकमा फैलिएको गलत सूचनाले हैरान छ ।

पछिल्लो समय मन्त्रालयको लेटरप्याडमा फोटोसपबाट बनाएर फेसबुक बन्द गर्ने अफवाह फैलाइएको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति नै जारी गरेर यसबारे ध्यानाकर्षण भएको जनाएको छ र फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने हल्लाको खण्डन गरेको छ ।

गलत सूचना फैलाउनेलाई कारबही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई भनिएको मन्त्रालयले जनाएको छ । onlinekhabar

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.