माहानायक हमालले ठोकेरै भने ओली भन्दा अरु नेता नेपालमा छैन-एमाले पार्टी मेरो रोजाईको पार्टी हो (भिडियो हेर्नुहोस)
नेपाली चलचित्र जगतका महानायक राजेश हमाल हालै प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सहभागी भएर नेपाल फर्किएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम धमलाको हमलामा कुराकानी गर्दै हमालले भारत र नेपालबिच ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई कला,संस्कृती,धर्म र दुवै देशबिचको आम मानिसको आपसी सम्बन्धले जोडेको बताए। राम्रो फिल्म नेपाली भए दर्शकले स्विकार्ने र हिन्दी चलचित्र नराम्रो भए दर्शकले नस्विकार्ने बताउँदै हमालले नेपालीले राम्रा चलचित्र बनाउन सके दर्शकले भारतीय भन्दा नेपाली फिल्म स्विकार्ने हमालको भनाई छ।
राजेश हमालले वर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएका छन् । उनले आफूलाई ओली नेतृत्वको नेकपा एमाले पार्टी नै मनपर्नेपनि खुलासा गरेका छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमण स्वतन्त्र र बराबरीको हैसियतमा भएको राजेश हमालले बताए।
राजेश हमालले अगाडि भने – ‘अहिलेको परिवेशमा केपी ओली अपरिहार्य नेता हुन्। उनले राष्ट्रको मर्मलाई सहि ढंगले प्रतिबिम्बित गर्छन्। एउटा नेतामा हुनुपर्ने गुण ओलीमा छ।ओली जतिको क्षमतावान नेता नेपाली राजनीतिमा अरु छैनन्।’
प्रधानमन्त्री ओलीको भारत भ्रमण अत्यन्त सफल भएको हमालको बुझाई छ।बैबाहिक जीवन योजना अनुसार नै चलिरहेको र दाम्पत्य जीवन खुशीयाली नै रहेको हमालले बताए।
Comments are closed.