Nepal's First Video FM

के सिरियाली द्वन्द्व तेस्रो विश्वयुद्धतर्फ अघि बढिरहेको छ ?

402

सिरियाले आफ्नो सैन्य हवाई आधारमा आक्रमण भएको जनायो । रसियाले पुनः एक पटक अमेरिकालाई सिरियाली सरकार विरुद्ध सैन्य कदम नचाल्न चेतावनी दियो । डोनाल्ड ट्रम्पले ट्वीट गर्दै रसियालाई सिरियामा मिसाइलका लागि तयार रहन भने । यी पछिल्ला दुई दिनका अन्तराष्ट्रिय समाचारहरु हुन् । के सिरिया द्वन्द्वले रसिया र अमेरिकालाई द्वन्द्वमा तान्नेछ र विश्व दुई शक्तिराष्ट्रको द्वन्द्वका कारण विश्वयुद्धमा होमिनेछ ?

बीबीसीले विश्वभरका केही विदेश नीति विज्ञलाई यसबारेमा जिज्ञासा राख्यो ।

जवाफमा दक्षिण एशिया र मध्यपूर्व विज्ञ शशाङ्क जोशीले भने “तेस्रो विश्वयुद्धको सम्भावना छैन ।”

अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका टम डोनेलीलाई पनि अहिले तेस्रो विश्वयुद्ध हुन्छ भन्ने विश्वास लाग्दैन ।

त्यस्तै इन्स्टीच्युट फर पोलिटिकल स्टडी मस्कोका निर्देशक सर्गेई मारकोभले भने विश्वयुद्धको सम्भावना उच्च रहेको बताए ।

मध्यपूर्व विज्ञ लिना खतिबले यसको जवाफमा भनिन्, “हाल हामीले एक खालको तेस्रो विश्व शीतयुद्ध देखिरहेका छौं ।”

अन्तराष्ट्रिय सुरक्षा विज्ञ डा. प्याटिसिया लेविसले विश्वयुद्ध यही घटनाले हुन्छ जस्तो लाग्दैन बताइन् ।

अहिले भइरहेको कुन घटनाले विश्व स्तरको द्वन्द्व निम्त्याउन सक्छ ?
यो प्रश्नको उत्तर दिदै लिनाले भनिन्, “सिरिया द्वन्द्व पहिलेनै विश्वव्यापी द्वन्द्व बनिसकेको थियो ।”
शशांक जोशीको यसमा यस्तो उत्तर छ, “ठूला शक्ति राष्ट्रहरु शायद पहिलो पटक एकै समयमा एक अर्का विरुद्ध घर्षण भइरहेको समय हो यो ।”
सर्गेई मारकोभले पश्चिमी राष्ट्रको दम्भले युद्ध निम्त्याउन सक्ने बताउँदै भने, “पश्चिमी नेताहरु आफूलाई रसियाभन्दा बलियो ठान्दछन् ।”
अमेरिकन टम डोनेलीले रसियाले गर्ने दुश्मनजस्तो व्यवहारले युद्ध निम्त्याउन सक्छ बताए ।

केले यसको सम्भावना बढाएको छ ?
लिनाको जवाफ छ, “आजको दिनमा धेरै द्वन्द्वहरु चलिरहेका छन् जसमा अन्तराष्ट्रिय शक्तिहरु संलग्न छन् । यो प्रोक्सीले लडिरहेको नयाँ खालको युद्ध हो ।”
शशाङ्कले भने, “ठूला शक्ति राष्ट्रहरुको नेतृत्वमा राष्ट्रवादीहरु आएका छन् । निश्चित रुपमा यसले कुनै पनि राष्ट्रलाई द्वन्द्वको समयमा पछाडी हट्न गाह्रो पार्छ ।”
डोनेलीको उत्तर यस्तो रह्यो, “तिनीहरुले हामीलाई गलत बुझेका छैन । तिनले लोकतन्त्रलाई आधारभूतमा कमजोर र अप्रभावकारी सरकारको रुपमा लिइरहेकाले द्वन्द्व हुन सक्छन् ।”
मारकोभलाई दुबै तर्फबाट आइरहेको प्रोपागेण्डाले यसको सम्भावना बढाएको लाग्छ ।
अन्तराष्ट्रिय सुरक्षा विज्ञ डा. प्याटिसिया लेविसले भनिन्, “आम संहारका कार्यमा रहेका अवरोधहरु कमजोर हुँदै जानुले यसको खतरा बढाएको छ ?”

केले अवस्था चिन्ताजनक बनाउछ ?
“अमेरिकीहरुले रुसी सेनाले मारे पछि ”, सर्गेइले भने ।
प्याट्रियाको नजरमा “सञ्चारको अन्त्य भएपछि । केबल तारहरु काटिएर वा भूउपग्रह प्रणालीमा साइबर आक्रमण मार्फत यो हुनसक्छ ।”
लिनाले भनिन् “अन्तराष्ट्रिय समुदायले सिरियाली द्वन्दलाई धेरै हदसम्म बेवास्ता गरिरहेको छ । यदी हामी छेउमा बसेर हेरिरह्यौ भने यो संकट बढ्नेवाला छ र यसले हामीलाई अकास्मात धक्का दिनसक्छ ।”

के ले यो अवस्था रोक्न सकिन्छ ?
लिनाको आस नागरिक समाजमाथि छ । उनले भनिन्, “मध्य पूर्वी एशिया द्वन्दग्रस्त क्षेत्र भए पनि त्यहाँ धेरै नागरिक समाज सक्रिय छन् । समय सही हुदाँ यी मानिसहरुनै शान्तिको आधार हुनेछन् ।”
शशाङ्कले भने यस्तो आस व्यक्त गरे– “हामीसँग सयुक्त राष्ट्र छ । हामीसँग पहिला कहिले नभएको हतियार नियन्त्रण सम्झौता छ । यी सम्पूर्ण व्यवस्थाले एक हिसाबले नियन्त्रकको काम गर्छन् ।”
अमेरिकी डोनेलीलाई भने विश्वयुद्ध भइहाल्छ जस्तो लाग्दैन । बरु ठूला राष्ट्रहरु अर्काको देशमा प्रोक्सी युद्ध लड्ने अवस्था टार्न नसकिने उनले बताए ।
डोनेलीले भने, “मलाई लाग्छ ‘प्रोक्सी युद्ध’ हुने सम्भावना धेरै छ । यसको क्षति भने ठूला शक्तिले नभएर अरुले भोग्नु पर्नेछ ।”
“यदी युद्ध असम्भव ठानियो भने यसको सम्भावना झनै बढेर जान्छ,” अन्तराष्ट्रिय विज्ञ प्याट्रिसियाले भनिन् ।

भावानुवाद, श्रवण उप्रेति

You might also like

Comments are closed.