नानु संगीता कुलुङ
चैत ३०, काठमाडौं । पछिल्लो समय लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक दिपक तिरुवा र चर्चित लोक दोहोरी गायिका पूर्णकला बि.सी.को सुमधुर आवाजमा रहेको गित ‘मुटु जलायौ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘मुटु जलायौ’ बोलको गीतमा चर्चित अभिनेत्री अञ्जली अधिकारी, गायक स्वयं दिपक तिरूवा, र बिराज पुडासैनीको अभिनय रहेको छ । उमंग म्यूजिक प्रा.लि.को प्रस्तुति दिपक लामा र शिब कुमार बास्कोटाको शब्द रहेको छ ।
सार्वजनिक गीतमा दिपक बसन्त कार्कीको लय र पुरुषोत्तम पौडेलको संगीत छ भने कपिल लामाको निर्देशन र हरिश महराको छायाकन रहेको छ । उक्त गीतमा दिपक बिस्टको सम्पादन रहेको छ । हेर्नुहोस भिडियो;
Comments are closed.