Nepal's First Video FM

भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हरायो

544

माघ १९, एक दिवसीय क्रिकेटको पहिलो म्याचमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको छ । भारतको जितमा कप्तान विराट कोहली हिरो बने । उनले शतकीय पारी खेल्दै ११२ रन बनाए । अन्तर्राष्ट्रिय वनडे म्याचमा कोहलीको यो ३३ औं शतक हो ।

दक्षिण अफ्रिकाको डरबानमा २७० रनको लक्ष्य भारतले ४५ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो ।

भारतको लागि अजिंक्य रहाणेले ७९ रनको योगदान गरे । ४३ ओभरमा रहाणे र ४५ ओभरमा कोहली फेहलुकवायोको बलमा क्याचआउट भए । सातौं ओभरमा पहिलो विकेटको रुपमा रोहित शर्मा २० रन बनाउँदै आउट भएका थिए । तर कोहलीले टिमलाई सम्हाले ।

दक्षिण अफ्रिकाका फेहलुकवायोले दुई र मोर्ने मर्केलले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २६९ रन बनाएको थियो । फाफ डुप्लेसिसले १२० रनको शतकीय पारी खेले । डुप्लेसिसका अलावा क्रिस मोरिसले ३७ र क्विन्टन डिकाकले ३४ रन बनाए ।

भारतका लागि सबैभन्दा धेरै विकेट कुलदीप यादवले लिए । उनले केबल ३४ रन खर्चिएर तीन विकेट झारे । युजवेन्द्र चहलले २ तथा भुवनेश्वर कुमार र जसप्रीत बुमराहले एक-एक विकेट लिए ।

भारत र दक्षिण अफ्रिकाबीच वन डे सिरिजको दोस्रो खेल आइतबार सेन्चुरियन सुपरस्पोर्ट पार्कमा हुनेछ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.