काठमाण्डौ।
केहि समय अगाडी पत्रकार र शंकर बिसी बीच भएको बिबादको घटना सेलाउदा पनि अझै शंकर बिसी प्रति आउने गरेको जातीय कमेन्ट र स्टाटसले शंकर बिसीलाई अझै पिडा दिदै आइरहेको पाइन्छ बर्षको अन्तिम अन्तिममा पनि शंकर बिसीले आफ्नो वालमा मार्मिक स्ताट्स लेखेका छन।
पढौ उक्त स्टाटस
मैले जिन्दगीमा सबैभन्दा सम्मान गरेको पेसा, मेरो सुटीङ..! मलाई कुनै जात,धर्म र समुदाय भन्दा माथील्लो सम्मान दिएको पेसा..मेरो कर्म..!! हो त्यही सुटीङ गर्न घरबाट निस्कदै थिएँ ! मेरी छोरी शनिसा ले पनि सुटिङमा जान्छु बाबा भनिन ! मैले छोरीलाई लिएर गएँ ! चर्चित कलाकार द्वय खुमन अधिकारी र रमिला न्यैपानेको पञ्चेबाजा गीतको सुटिङ थियो । सुटिङ हेर्दाहेर्दै छोरीले अचानक म पनि नाच्छु बाबा भनिन ! अचानक मेरो मनमा अपवादको रुपमा परेका केही चोटहरु ताजा भएर बाहीर आए ! अनायासै मैले छोरी लाई भनें…. ‘तिमी ननाच छोरी’…! तिमी जति राम्रो नाचेपनि एक न एक दिन यो समाजले तिम्लाई कलाकार बाट तल झारेर तिम्रो जात काढेर संबोधन गर्नेछ र तिमीले टुट्नु पर्नेछ अनी तिम्रो मन भाँचिनेछ तिम्रो बाबाको जस्तै …!
जातिय गालीको चोट सहन गाह्रो भएर बगेका मेरा आँशु देखेकी छोरीले मलाई परेको पिडा बुझेकी थिईन त्यसैले उनिपनि सिरीयस हुन पुगीन । म अभ्यस्त बनाउन चाहन्छु छोरीलाई ता की भोली अचानक परेको जातीय गालीको कारण उसलाई मलाईझैं टुट्न नपरोस र आँशु बगाउन नपरोस । असामाजीक तत्वहरु कतिबेला मौका पाईन्छ र मर्ममा प्रहार गरौंला भनेर नंग्रा तिखारेर बसेका हुन्छन छोरी, तिनीहरु मौका पाउनासाथ झम्टिन्छन र कसरी तिम्लाई निम्नस्तरको देखाउन सकीन्छ भनेर न्वारान देखीको ताकत लगाउनेछन ..! त्यो बेला तिम्रो नृत्यको, तिम्रो योगदानको अनी तिम्रो कलाको कुनै मुल्य रहदैन … त्यसैले के तिमी कलाकार बन्छ्यौ र ..? भो ननाच भो छोरी …!!
शंकर बिसी प्रतिको टिकाटिप्पणी हेर्दा अझै पनि यो घटना सेलाएको पाइएन
You might also like
Comments are closed.