Nepal's First Video FM

पढ्नुहोस आज नया वर्षको पहिलो दिनको राशिफल !

509

मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, हा) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । धनार्जनका नयाँ स्रोतहररू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक लाभ मिल्नेछ ।

तुला – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकका व्यक्तिबाट धोका पाईन सक्छ सचेत रहनुहोला ।

धनु – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक यात्राको योगछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राज्य बाट मान सम्मान पाइनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

वृष – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ ।

कन्या – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमणीय र धार्मिक स्थलको यात्राको योग छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

मकर – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा सङ्का उत्पन्न हुनेछ ।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमणीय र सुखद यात्राको योग छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

You might also like

Comments are closed.