लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मीको लय तथा शव्द सिर्जना रहेको बहुप्रतिक्षीत गीत पुरानो डायरी नयाँ बर्षको नौलो किरण सहित सार्वजनिक भएको छ ।
बाइ बाई माया जस्तै सम्पुर्ण पक्ष उत्कृष्ट रहेको सो गीतमा तेजश रेग्मी र विष्णु माझीको आवाज रहेको छ भने मुटु छुने शव्द समेत गीतमा रेग्मीलेनै सिर्जना गरेका छन ।
गीतमा रञ्जिता गुरुङ सँग सतिश अधिकारीले निकै उत्कृष्ट अभिनय गरेका छन भने साथमा रेग्मीको समेत अभिनय देख्न सकिन्छ ।
पछिल्लो समय निर्देशनमा निकै जमेका निर्देशक सरोज रोशन भट्टराईले गीतमा अहिले सम्मकै उत्कृष्ट कथामा निर्देशकीय भुमिका खेलेका छन ।
एस.थ्रि.के इन्टरटेन्डमेन्टले बजार व्यवस्थापन गरेको सो गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक रेग्मीले आफुहरुले अत्यन्तै मेहनत गरेको सो गीत सबैले मन पराइदिनेमा आशावादी रहेको बताउनु भयो ।
गीतको सफलताको कामना गर्दै पुरै म्युजिक भिडियो तल राखिएको छ ।
Comments are closed.