Nepal's First Video FM

प्रधानमन्त्री प्रचण्ड र नेसनल पिपुल्स कंग्रेसका लेजीबीच भेटवार्ता

63

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ नेसनल पिपुल्स कंग्रेसका अध्यक्ष चाओ लेजी बीच भेटवार्ता भएको छ।

सोमबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटवार्ता भएको हो।

भेटमा प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो भ्रमणलाई महत्त्व दिएको भन्दै अध्यक्ष लेजीसँग प्रशन्नता व्यक्त गरे।

उनले राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता उपलव्धीमूलक भएको बताए।

अध्यक्ष लेजीले प्रचण्ड र राष्ट्रपति चिनफिङबीचको भेट फलदायी भएको आफूले पनि थाहा पाएको बताए।

उनले नेशनल पिपुल्स कंग्रेस नेपालसँग सहकार्य गर्न तयार रहेकोमा जोड दिए।

You might also like

Comments are closed.