Nepal's First Video FM

प्रदेश ५ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थापना

659

१९ माघ बुटवल । प्रदेश ५ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थापना गरिएको छ । अन्य मन्त्रालयका कार्यालयहरु पनि शुक्रबार स्थापना गरिएको छ । उक्त नयाँ भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना गरिएको छ भने शुक्रबार मात्रै मन्त्रालयको बोर्ड राखिएको छ ।

नेपाल बिद्युत प्राधिकरण र इलाका प्रहरी कार्यालय नजिकै रहेको सो भवनमा मुख्यमन्त्रीसहितका चार मन्त्रालय रहने भएका छन् । भर्खरै निर्माण सकिएको भवनको उद्घाटन पनि छिट्टैनै गरिने जानकारी प्राप्त भएको छ । भवनकोे चौथो र पाँचौ तलामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बस्ने भएको छ ।

You might also like

Comments are closed.