Nepal's First Video FM

अभ्यासका क्रममा ४ जना सैनिक घाइते

687

१९ माघ, काठमाडौँ महाराजगञ्जस्थित भैरवनाथ गणमा अभ्यासका क्रममा दुर्घटना हुँदा ४ जना सैनिक घाइते भएका छन् ।

नियमित सैनिक अभ्यासका बेला शुक्रबार बिहान ग्रिनेड विस्फोट हुँदा एकजना सैनिक गम्भीर घाइते र अन्य तीनजना सामान्य घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

गम्भीर घाइते भएकाको छाउनीस्थित नेपाली सेनाको अस्पताल र अन्य ३ जनाको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

You might also like

Comments are closed.