Nepal's First Video FM

ओलीले ५ वर्षमा नेपाल रहन्न भनेपछि ! पढ्नुहोस

489

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका विषयमा समझदारीका साथ अघि बढ्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।

उनले निर्वाचनबाट प्राप्त बहुमतको दम्भ र प्रतिपक्षको अन्त्यहीन विरोध दुवै गलत हुने बताएका छन् ।

नयाँ वर्षको अवसरमा मुगुको रारा ताल किनारबाट शनिबार बिहान देशवासीलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचनबाट प्राप्त बहुमत दम्भ र वर्चस्वका लागि होइन । त्यसरी नै प्रतिपक्षको स्थान पनि अन्त्यहीन विरोध, असहयोग र कटुताका लागि होइन ।’

उनले अघि भने, ‘म विनम्रताका साथ मुलकुमा क्रियाशील सबै राजनीतिक दलहरुलाई लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका वृहत्तर विषयहरुमा समझदारीका साथ अगाडि बढ्न आह्वान गर्दछु ।’

आगामी पाँच वर्षभित्र देशको मुहार स्पष्ट अनुभूत हुने गरी बदलिने दावीसमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘म तपाईंहरुलाई आत्मविश्वासका साथ भन्न चाहान्छु– पाँच वर्षपछि नयाँ निर्वाचनमा तपाईंहरुका अगाडि आइपुग्दा हाम्रा काम र उपलब्धिहरुले तपाईंहरुलाई अमूल्य मत सही ठाउँमा परेको रहेछ भन्ने विश्वास दिलाउने छन् । पाँच वर्षभित्रैमा देशको मुहार स्पष्ट अनुभूत हुने गरी बदलिने छ, सकारात्मक दिशामा ।’

You might also like

Comments are closed.