Nepal's First Video FM

यी ७ संकेत, थाहा पाउनुहोस् तपाइँको फोन ह्याक भयो

834

तपाइँको गोजीमा रहेको मोबाइल फोनमा तपाइँसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निजि तथा गोप्य जानकारीहरु हुन सक्छन् ।

साथीहरुको तस्वीरदेखि लिएर कार्यालयका जरुरी फोन नम्बरमात्र नभै विभिन्न अकाउन्ट सम्बन्धी जानकारी । यी सबै कारणले गर्दा मोबाइल अहिले मानिसको गोजीको रकेट बनिरहेको छ ।

यस्तोमा आफ्नो मोबाइल सुरक्षित होस् र यसमा भएका डाटाहरु ह्याकरको हातमा नपुगुन् भन्ने चाहना सबैको हुन्छ । तर कहिलेकाहीँ तपाइँले थाहा नपाइकनै तपाइँकोे मोबाइल ह्याकरको पञ्जामा पुगिसकेको हुनसक्छ । यी सात प्रकारका संकेतहरु आफ्नो मोबाइलमा पाउनुभयो भने सचेत हुनुहोस् की तपाइँको मोबाइल कसैले ह्याक गर्दैछ ।

१. फोन स्पीडः यदि तपाइँको फोनको स्पीड सामान्य भन्दा पनि निकै कम भयो र फोन ह्यांग भइरह्यो भने बुझ्नुहोस् की यसमा कुनै भाइरस वा मालवेयर छिरेको हुनसक्छ । म्यालिसियल प्रोग्राम अर्थात् यस्तो सफ्टवेयर प्रोग्राम जसले फोनको पर्फमेन्स तथा प्रयोगकर्ताको डाटामै नोक्सान पूराउन सक्दछ । यस्ता भाइरसले तपाइँको मोबाइल फोनको स्पीड तथा पर्फमेन्समा सिधारुपमा प्रभाव पार्दछन् । तर यो पनि ध्यान दिनुपर्दछ की नियमित रुपमा फोनको अपरेटिङ सिस्टम अपेडेट नगर्दा समेत यस्तो भएको हुनसक्छ । स्मरण रहोस् एप्पलले आफ्ना पूराना भर्सनका आइफोनमा आफैले स्पीड कम गरेको हालै स्विकार गरेको थियो ।

२. फोन तात्नुः कहिलेकाहीँ आफ्नो फोन चलाउने बेलामा सधैभन्दा धेरै नै तातेको महसूस गर्नुभएको छ ? अमेरिकी इन्टेल कम्प्नीका विज्ञ भन्छन्, ‘फोनको ब्याकग्राउण्डमा कुनै मालवेयर प्रोग्राम चलिरहेको कारणले पनि यस्तो हुनसक्छ ।’ अर्थात् तपाइँको फोनमा ह्याकरले भाइरसद्धारा आक्रमण गरेको अवस्थामा फोन बढि तात्दछ । कहिलेकाहीँ विभिन्न एपहरुलाई सही ढंगले बन्द नगर्दा पनि एपहरु चालू भएर फोन तातिरहेको हुनसक्छ ।

३.ब्याट्री लाइफः फोन लगातार तातो हुँदा त्यसको असर ब्याट्रीमा पर्दछ । सोही कारण ब्याट्री आफ्नो आयूभन्दा कम समयमै ड्यामेज हुन्छ । तर अर्को महत्व्पूर्ण कारण हो, सिस्टम अपडेट । मोबाइल जोन वेबसाइटका अनुसार यदि अपडेट नयाँ तथा प्रभावशाली छ भने सिस्टम अपडेट गरिहाल्नु पर्दछ । यसो गर्दा ब्याट्री ड्यामेज हुनबाट बचाउँदछ । ब्याट्री लाइफ अस्वभाविक रुपमा गिरावट भएको छ भनेपनि सतर्क हुनुहोस् की तपाइँको मोबाइल ह्याकरको हमलामा परेको हुनसक्छ ।

४. अज्ञात मेसेजः कहिलेकाहीँ तपाइँको आफ्नो फोन ह्याक भएको जानकारी तपाइँले भन्दा पहिले तपाइँका साथीहरुले पाउँछन् । कहिलेकाहीँ तपाइँको मोबाइलमा कुनै अन्जान नम्ब्रबाट मेसेज आउँछन् र त्यस्ता मेसेज आफै हराउँछन् पनि । यस्तो स्थितिमा तपाइँको साथी तथा परिवारका मानिसलाई एसएमएस तथा ह्वाट्एपबाट यस्तो सन्देश प्राप्त हुन्छ । जबकी त्यस्तो मेसेज तपाइँले पठाएको हुँदैन । यस्तो अवस्थामा तपाइँले आफ्नो इनबक्समा प्राप्त भएका त्यस्ता स्पाम मेसेज सबै डिलिट गर्नुपर्दछ । कहिलेकाहीँ इमेलको माध्यमबाट पनि ह्याकरहरुले त्यसरी जालमा फसाउने गर्दछन् । त्यसैले फोनमा आउने संकास्पद इमेलको लिंक नखोल्नुहोस् ।

५. कुनै विन्डो आफै खुल्नुः कतिपय भाइरस यस्ता पनि हुन्छन् की जो अचानक तपाइँको फोनमा खुल्दछन् । कहिलेकाहीँ विज्ञापनको रुपमा त कहिलेकाहीँ नयाँ विन्डो वा ट्याबमा । कम्प्युटरको भाषामा यसलाई पप अप्स भनिन्छ । साइबर सेक्योरिटी विज्ञान जोसेफ स्टिनबर्ग भन्छन्, ‘जसरी कम्प्युटरमा इन्टरनेटको माध्यमबाट नयाँ ट्याब खुल्दछ, ठीक त्यसैगरी फोनमा पनि ट्याब खुल्दछ । यस्ताबाट सावधान रहेर टाढै रहनु आवश्यक हुन्छ ।’

६. नयाँ एपः तपाई आफ्नो फोनमा कहाँबाट एप डाउनलोड गर्नुहुन्छ ? र यो कस्तो एप हो ? भन्ने कुराले ठूलो अर्थ राख्दछ । कहिलेकाहीँ तपाइँको इन्टरनेट डाटा यसकारण छिटो सकिन्छ की एपहरुले धेरै डाटा खपत गरिरहेको हुन्छ । स्टिनबर्गका अनुसार फोनलाई अपडेटेड राख्नु जरुरी हुन्छ । त्यस्तै एप बनाउने कम्पनी तथा सर्भिस प्रोभाइडरहरु पनि विश्वासयोग्य हुनुपर्दछ । अर्थात् नक्कली तथा भाइरसयुक्त एपहरु मोबाइल डाउनलोड नहुन् भन्नका लागि सचेतना अपनाउनुपर्दछ ।

७. ब्याकग्राउण्डको आवाजः इन्टरनेटमा केही काम गर्दै ग्र्दा कहिलेकाहीँ अनौठो आवाज निस्किरहेको हुनसक्छ । वेबपेजमा अनावश्यक तथा असामान्य चिज देखिन थाल्दछ । यसो हुनुमा कहिलेकाहीँ तपाइँको फोन ह्याकरको हमलामा परिरहेको संकेत पनि हुनसक्छ । फोन गरिरहेको बेलामा फोनको ब्याकग्राउण्डमा बिप साउण्ड लगातार आइरहेको छ भने सावधान हुनुहोस् तपाइँको फोनकल कसैले रेकर्ड गरिरहेको छ ।

बँच्नका लागि के गर्ने ?

-विश्वासिलो कम्पनीको एन्टी भाइरस फोनमा इन्स्टल गर्ने

-अनावश्यक एपहरु इन्स्टल नगर्ने, तथा इन्स्टल गरिसकेका त्इस्ता एप डिलिट गर्ने

-सित्तैको वाइफाइको चक्करमा जहाँतहीँ आफ्नो फोनमा वाइफाइ नचलाउने

-फोनमा बलियो पासवर्ड राख्ने

-पप अप्समा भुलेर पनि क्लिक नगर्ने

-फोन सदैव अपडेट गरिरहने

-इन्टरनेट डाटा कति खपत भैरहेको छ, निगरानी राखिरहने । बीबीसीको सहयोगमा

You might also like

Comments are closed.