Nepal's First Video FM

प्रचण्ड र स्वराजबीच भेट: मुलुकको विकास र स्थायित्वमा जोड

582

९ माघ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको विकास र राजनीतिक स्थायित्व आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका भारतको बाह्य मामिलामन्त्री सुष्मा स्वराजसँग शुक्रबार भएको भेटमा उनले भने– “नेपालको विकास र स्थायित्व आफ्ना पहिलो प्राथमिकता रहेको छ ।

निर्वाचनपछिको वातावरण तथा सरकार गठनबारे पनि आफूहरुबीच छलफल भएको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने ।

नेपालको राजनीतिक स्थायित्व र विकास भारतको चाहना भएको दोहो¥याउँदै मन्त्री स्वराजले त्यसमा भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

You might also like

Comments are closed.