Nepal's First Video FM

५ करोड ठगी गरेको आरोपमा राजपाल यादव दोषी ठहर !यस्तो फैसला दियो अदालतले

556

एजेन्सी ।बलिउडका चचित हाँस्यकलाकार राजपाल यादवलाई ठगी मुद्दामा अदालतले दोषी ठहर गरेको छ। ठगीको यो मुद्दामा उनीमाथि सजायको फैसला भने आगामि अप्रिल २३ मा आउनसक्ने बताइएको छ।
हाँस्य कलाकार यादवसँगै उनकी पत्नी तथा उनीहरुको कम्पनीलाई पनि दोषी ठहर गरिएको छ । यादवमाथि सन् २०१० मा लिएको ५ करोड भारतीय रुपैयाँ ऋण चुक्ता नगरेको आरोप लागाईएको थियो ।

राजपाल यादवले फिल्म ‘अता पता लापता’ बनाउन उनले दिल्लीका एक व्यापारीबाट ५ करोड भारतीय रुपैयाँ उधारो लिएका थिए ।

फिल्म रिलिज पनि भयो तर कलाकार यादवले पैसा फिर्ता नगरेपछि उनलाई धेरै पटक अदालतमा उपस्थित हुन पत्र काटियो । साथै बारम्बार पत्र काट्दा पनि उनी अदालतमा उपस्थित नभएको बताइएको छ ।

यही मुद्दामा सन् २०१३ मा दिल्ली उच्च अदालतले यादवलाई १० दिन न्यायीक हिरासतमा राख्ने आदेश दिएको थियो ।

You might also like

Comments are closed.