Nepal's First Video FM

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विश्व कीर्तिमानी रेकर्ड नै रेकर्ड बनायो, भारतका रोहित पनि शर्मा पछि परे

108

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विश्व कीर्तिमानी जित हासिल गरेको छ । नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हराएको हो ।

टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो । त्यो पनि विश्व कीर्तिमान थियो । यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान अफगानिस्तानको नाममा थियो ।

 

नेपालका ब्याट्सम्यान कुशल मल्लले सबैभन्दा छिटो शतक र दीपेन्द्र सिंह ऐरीले छिटो अर्धशतक पनि हानेका छन्। कुशलले ३४ बलमा १०१ रन बनाए भने दीपेन्द्रले ९ बलमा अर्धशतक पारी खेले।

कुशलले नटआउट ५० बलको सामना गर्दै ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको अविजित इनिङ खेले भने ऐरीले १० बलमा ५२ रनको पारी खेले।

मंगोलियाका दावासुरेनले २३ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाएका थिए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बुधबार नेपालको नाममा अर्को रेकर्ड रह्यो, सर्वाधिक छक्का । ३१४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का हानेका थिए । यो नयाँ कीर्तिमान हो ।

यसअघि यो रेकर्ड चेक रिपब्लिकको नाममा थियो । ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हानेका थिए । नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५.७ रह्यो । २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाउने क्रममा १३.९ को रन रेट कायम गरेको थियो ।

 

You might also like

Comments are closed.