काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘व्यक्ति हेरेर काम नगर्न र कुनै प्रलोभनमा नपर्न’ मातहतका प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन् । आइतबार बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ब्रिफिङ कार्यक्रममा महानिरीक्षक खनालले सो निर्देशन दिएका हुन् ।
उनले प्रहरीमा व्यक्ति हेरेर काम गर्ने गलत संस्कार मौलाएको टीप्पणी गर्दै यसको अन्त्य गरी सबैलाई समान व्यवहार गर्न आवश्यक रहेको बताए । महानिरीक्षक खनालले कुनै पनि प्रलोभनमा परेर काम नगर्न प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् ।
जनतामाझ खस्किँदै गएको प्रहरीको छवि सुधार्नका लागि इमानदार भएर काम गर्नुपर्ने बताउँदै खनालले आइतबार उपत्यकाभित्र कार्यरत जुनियरदेखि सिनियर प्रहरीसँग ब्रिफिङ गरेका छन् ।
Comments are closed.