Nepal's First Video FM

रोहिंज्या संकट: म्यानमारबाट लखेटिएका पहिलो शरणार्थी परिवार स्वदेश फिर्ता

837

वैशाख २, एजेन्सी । बंग्लादेश भागेर गएका शरणार्थीहरूमध्ये पहिलो परिवार स्वदेश फिर्ता भएको म्यानमारले जनाएको छ । ५ सदस्यको परिवार रखाइन राज्यस्थित फिर्ती शिविरमा पुगेको बताइएको छ ।

रखाइन राज्यमा भएको सैनिक कारबाहीपछि ज्यान जोगाउन भन्दै गत वर्ष कैयौं मानिस बंग्लादेश पुगेका थिए । हाल बांग्लादेशमा ७ लाख जति रोहिंज्या शरणार्थी रहेको बताइन्छ ।

म्यानमार र बंग्लादेशबीच भएको महिनौं लामो कठिन वार्तापछि दुवै मुलुकले रोहिंज्या शरणार्थीको फिर्ती दुई वर्षमा पूरा गर्ने सहमति गरेका थिए । तर, राष्ट्रसंघले म्यानमारमा शरणार्थी फिर्तीको अवस्था बनिनसकेको भन्दै सचेत गराएको थियो ।

रखाइन राज्यमा भएको सैन्य कारबाहीलाई राष्ट्रसंघले जातीय सफायाको तहको भन्दै आएको छ । म्यानमारले चाहिँ त्यो कारबाही विद्रोहीविरुद्ध गरिएको कानुनसम्मत कदम रहेको बताउँदै आएको छ ।

बीबीसीबाट साभार

You might also like

Comments are closed.